एजेन्सी । भारतमा सबैभन्दा सस्तो कोरोना किटको उत्पादन भएको छ । इण्डियन इन्ष्टीच्युट अफ टेक्नोलोजी (आइआइटी)ले विश्वको सबैभन्दा सस्तो किट उत्पादन गरेको हो ।
कोरोश्योरलाई आइआइटीले दिल्लीको फर्म न्युटेक मेडिकल डिभाइससँग मिलेर बनाएको हो । उक्त किटले आईसिएमआर र ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाबाट स्वीकृति पाइसकेको छ ।
आरटी–पीसीआर पद्धतीमा आधारित कोरोश्योर किट आईसीएमआरको अधिकृत ल्याबमा उपलब्ध रहेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । आइआइटी दिल्लीले कोरोश्योरको उत्पादनका लागि विभिन्न १० कम्पनीलाई लाइसेन्ससेत प्रदान गरेको छ ।