अछाम । नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामको सचिवालय बैठक पार्टी कार्यालय मँगलसेनमा विभिन्न निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षातामा बसेको बैठकले बाढि, पहिरो तथा नदिमा बगेर मुत्यु भएका ब्यक्ति प्रति श्रध्दाञ्जलि ब्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको छ ।
भाद्र २ गते रामारोशन गाउँपालिकामा बाढिले बगाएका सैनि बजारका १७ जना र नदिमा बेपत्ता भएका पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ का ४ जना प्रति शोक प्रस्ताब पारित गरिएको हो ।
बैठकले बाढि पहिरोले घरबार सबै गुमाएका ब्यक्तिलाई तत्काल उद्धार सहित बस्नका लागि टेन्ट सहित आवासको ब्यबस्था गर्न , जोखिम बस्तिका नागरिकलाई उचित स्थान सहित पुर्न स्थापनाका लागी संघिय सरकारसँग माग गर्ने र बाढि पहिरोले भत्किएका पुल, विधुत, सडक निर्माणका लागि तत्काल सरकार संग माग गर्ने जिल्ला अध्यक्ष शेर बहादुर कुवरले बताए ।
बाढि पहिरोले रामारोशनको सबै क्षेत्र, बान्निगढि जयगढ गाउपालिकाको दर्ना, कालिका, मगलसेनको कालागाउ, बान्नातोलि, जुपु, वलिगाउ, मगलसेन, साफेबगर एयरपोर्ट, बैजनाथ, चौरपाटि गाउपालिकाको पायल क्षेत्रमा ठुलो क्षति भएकाले तत्काल किसानलाई राहत तथा कटानबाट बचाउन लागि आवश्यक जालि तथा तारबार गराउन सरकारी स्तरबाट गर्न आग्रह गर्ने पार्टिले निर्णय गरेको हो ।
वैठकले कोरोना भाइरसको जोखिम बाट बच्न हरेक नागरिकलाई सचेत गराउने र सरकारका काम प्रभाबकारी ढंगले सन्चालन गर्न सरकार लाई सुझाब दिने समेत निणय गरेको छ । पार्टीमा देखिएको अन्तर बिरोध लाई समाधान गरेर आन्तरिक एकतालाई बलियो बनाउदै लैजानका लागि केन्द पार्टिलाई समेत आग्रह गर्ने निर्णय भएको छ । बैठकमा कमिटिका पदाधिकारी, सचिवालय सदस्यको सहभागिता रहेको कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिए ।