डोटी। केपि ओलि र बिधा भण्डारीले देश र जनतामाथी अपमान गरेको बताएका छ्न । आइतबार सिलगढी डोटिमा अनेरास्ववियु जिल्ला कमिटी डोटीले आयोजना गरेको जिल्ला भेलामा प्रमुख आथित्य ग्रहण गर्दै अनेरास्ववियुका केन्द्रिय लेखा आयोग सचिव मदन भुल ले संविधानमा बेबस्था नै नभएको संसद विघटन गरेको प्रती घोर आपत्ती प्रकट गर्दै, यो गणतन्त्र माथी भएको कु को विरुद्ध सम्पुर्ण युवा विद्यार्थी एक हुन अपिल गर्नु भएको छ । जनताले स्थिर सरकार निर्माण गर्न म्यान्डेट दिए । तर उहाले कसैको कुरा नसुनी संसद बिगठन गरिदिए । देश बिकास र समृद्धिको लागि जनमत दिएका थिय । उहाले बिधा भण्डारीको साहायतामा संविधान भन्दा माथी रहेर कार्य गरेको प्रती घोर भत्सना गर्नु भयो । अनेरास्ववियु भनेको गलतलाई गलत र सहिलाइ सहि भन्ने संगठन हो तर संयोजक ऐन महरले केपि ओलिको भक्ती गान मात्रै गर्नु भयो विद्यार्थी हक हित सम्बन्धि कार्य गर्न नसकेको बताए । उक्त कार्यक्रममा बिशिस्ट अथिथी केन्द्रिय सदस्य वीर बहादुर थापा, अथिती राम बहादुर खड्का, अमर साउद रहेका थिए । उक्त कार्यक्रममा अध्यक्ष अनेरास्ववियु कार्यालय सदस्य वीर बहादुर बिष्ट र संचालकन अनेरास्ववियु कार्यालय सदस्य प्रकाश जोशिले गर्नु भएको थियो ।