धनगढी । कैलालीको धनगढीमा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लगायतको टोलीको सहभागितामा पत्रकार सम्मेलन गरेको छ । नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग मन्त्री लेखराज भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका छन् ।
‘संस्थापन पक्ष छ, यस्ले कसैलाई बदलिहाल्ने र कसैसंग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन्,’ उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलपा गर्नुहुन्छ । त्योलाई गम्भिरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौ । छिट्टै स्थायी समितीको बैठक बस्छ ।
त्यस्ले कस्तो कदम चाल्नेबारे निर्णय गर्छ।’ उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरित काम गरेको बताए । सुदुरखबर बाट