डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटी र जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, शशस्त्र प्रहरी, पत्रकार, शिक्षक लगाएतलाई स्वास्थ सामाग्री वितरण गरेका छन् ।
सोमबार गृह जिल्ला पुगेर मन्त्री आलेले स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि स्वास्थ्य सामग्री लिएर जिल्ला पुगेका हुन् ।
मन्त्री आलेले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर आज जिल्ला अस्पताल र जिल्लाका सबै स्थानिय तह लाई हस्तान्तरण गरेका हुन् ।
केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको उनका स्वकियसचिव एवं नेकापा डोटीका युवा नेता हेमन्त रेग्मी ले जानकारी दिएका छन ।