धनगढी । सुदूरपश्चिममा आइतबार १४६ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १४६ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट एकजनाको मृत्यु भएको छ । कैलालीका एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै ५५२ जनाको नमूना परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।