धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले जनआकक्षा अनुसार कार्यसम्पादनमा लाग्न प्रदेश मन्त्रालयका सचिबहरुलाई निर्देशन गरेका छन् । बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा प्रदेश सरकारका सबै मन्त्रालयका सचिबहरुसँग छलफल गरेर यस्ताे निर्देशन गरेका हुन् ।
चालु आर्थिक वर्षका ६ महिना बित्नै लाग्दा अहिलेसम्मकाे कार्यप्रगति र अवकाे तयारी कार्यसम्पादन गर्दा आइपरेका समस्य तथा चुनाैंतिका बारेमा मन्त्रालयका सचिब तथा याेजना शाखा प्रमुखहरुले रिपाेर्ट गरेपछि मुख्यमन्त्री भट्टले एक अर्काे मन्त्रालयसँग सम्बन्ध जाेडिएका विषयमा छलफल गर्दै जनतालाई छिटाेछरिताे, सरल तरिकाले सहजरुपमा सेवा प्रवाह गर्न तयार रहन भनेका छन् ।
मुख्यमन्त्रीकाे भनाई उद्धित गर्दै उनका नीजि सचिव कृष्णराज जाेशीले भने- ‘संघीय ब्यवस्थामा प्रदेश सरकारसँग जनअपेक्षा बढी नै रहेकाे तर सरकार व्यबस्थापनमै रहेका बेला पछिला केही वर्षदेखि काेराेनाले पारेकाे समस्यमा जनतालाई अभिभाबकत्व दिनु नै सरकारकाे मुख्य काम रहेकाे बताउदै मुख्यमन्त्रीले हिजोकाे काम गर्ने शैली भन्दा समय सापेक्ष नयाँ साेचकासाथ कार्यसम्पादनमा तदारुकता ल्याउनुपर्ने जाेड दिन निर्देशन भएकाे छ ।’
उनले मुख्यमन्त्रीले प्रदेश सचिबहरुलाई आ-आफ्ना मन्त्रालय अन्तरगतका योजना तथा कार्यक्रम कार्यान्वयनमा तदारुकतासाथ लाग्न निर्देशन गरेकाे प्रतिकृया दिए ।
सुदुर आवाज बाट।