डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न नेकपा(एमाले)को तर्फबाट आधा दर्जन बढी आँकाक्षी देखिएका छन ।
जिल्ला कमिटीले नाम को टुंगो लगाउन नसकेपछि आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । जस अनुसार मन्जु मलासी, सच्चिदानन्द जोशी, लक्ष्मणबहादुर मलासी, शसी सोव, पूर्णराज जोशी र प्रेमबहादुर नेपाली रहेका छन । सिफारिस गरिएका मध्ये पूर्णराज जोशी पूर्ब नगर प्रमुख तथा मन्जु मलासी बहालवाला नगर प्रमुख हुन ।
यस्तै शिखर नगरपालिकामा पनि सहमति हुन नसकेपछि मेयर का दाबेदार को नाम प्रदेश कमिटीमा पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र शिखर नगरकमिटीका अध्यक्ष भिम बलायरको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । यसैगरि पूर्बिचौकी गाउँपालिकाको अध्यक्ष पदको लागि सुदुरपश्चिम प्रदेस सदस्य भरतबहादुर बोहरा, डोटी जिल्ला उपसचिब कृष्णकुमार खड्का र डोटी जिल्ला सचिबालय सदस्य डम्बरसिंह डौडी को नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।
यस्तै जिल्ला कमिटीको बैठकबाट बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष पदमा हस्तबहादुर बुढा, बडिकेदार गाउँपालिकाको अध्यक्षमा चक्र बहादुर घर्तीको नाम उम्मेदवारको रुपमा सिफारिस गरिएको पार्टीले जनाएको छ ।यसअघि जोरायल गाउँपालिकाको अध्यक्ष पदमा दुर्गादत्त ओझा र उपाध्यक्ष पदमा जमूना बोहरा, सायल गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर डुमरेल र उपाध्यक्ष बिष्णादेबी सिंह, आदर्श गाउँपालिकाको अध्यक्ष पदमा डम्बर ओलीको नाम टुँगो लागिसकेको छ ।