धनगढी । सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ ।
सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा सरकार गठनको चर्चा नयाँ कोणबाट सुरु भएको छ । केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था बन्दा सुदूरपश्चिम प्रदेश सरकारमा भने एमाले र माओवादी केन्द्र दुवैको बलियो दाबी देखिन्छ ।
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नेकपा एमाले ले दाबी बलियो तुल्याएको छ । विगतमा पनि वाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा माओवादीलाई सहयोग गरेकाले यस पटक सुदूरपश्चिम प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने नेकपा एमालेको माग छ।
एमालेको तर्फबाट मुख्यमन्त्रीमा डोटी प्रदेशसभा ‘क’ बाट निर्वाचित चक्र मल्को सम्भावना बलियो रहेको एक जना प्रदेश सभा सदस्य ले जानकारी दिए ।
। सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जनाको समर्थन चाहिने छ । जसमा नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७) र राप्रपा(१) गरेर २९ सिटसहित नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धन सरकार बन्ने भएको हो ।