धनगढी। अनेरास्ववियुको केन्द्रीय महाधिवेनबाट सुदूरश्चिम प्रदेशको भूगोल तर्फबाट केन्दीय सदस्यमा बिर बहादुर बिस्ट विजयी भएका छन्।बिहीबार भएको चुनावबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनी अनेरास्ववियु डोटीको जिल्ला अध्यक्ष हुन् ।
प्रदेशका पुरुष तर्फ ६ जना निर्वाचित हुँदा कैलालीका शाह ११४ मत सहित विजयी भएका हुन् । प्रदेशको भूगोल तर्फ यो सबै भन्दा धेरै मत हो । त्यस्तै वीर बहादुर विष्ट १०७, सन्तोस कुमार रानाले १००, प्रमोद खड्काले ९३ , वीर बहादुर खतीले ९० र पुष्कर बहादुर देउवाले ८५ मत पाएर विजयी भए
महिला कल्पना तिमिल्सेना राधा बोहरा भूमिका कुमारी कुवर र मन्पुरा कुमारी शाही निर्विरोध निर्वाचित भए ।