डोटी । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।
स्ववियूको निर्वाचन नजिकिदै गर्दा केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पसमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।अनेरास्ववियु केन्द्रीय सदस्य बिर बः बिष्टले बताए । उनले पहिलो चरणमा संगठन विस्तारलाई जिल्ला व्यापी गरिरहेको बताउँदै प्राबिधिक शिक्षा पहुँच ,डोटी जिल्ला भरि शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न रचनात्मक कार्य गर्ने योजना रहेको बताए । आइतबारमात्रै अनेरास्ववियु डोटीले केदार ज्योती पुञ्ज क्याम्पस विपीनगरमा क. हेमन्त बिठारिको अध्यक्षतामा क्याम्पस कमिटी गठन गरेको छ ।
प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन विसं २०६५ सालयता नियमित हुनसकेको छैन । हाल देशभर त्रिविका ६२ आङ्गिक र एकहजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।