काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरूले भेट गरेका छन् ।
आज (बुधबार) प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि समसामयिक छलफल भएको बताइएको छ।