धनगढी । आज (बिहीबार) मध्यरात देखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु हुँदैछ। आजराति १२ बजे मौन अवधि सुरु हुने भएकाले यसपछि कुनै पनि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छैनन्। स्ववियु चुनाव यही चैत ५ गते हुँदैछ।
यस पटकको स्ववियु निर्वाचनमा आचारसंहितामा निकै कडाइ गरिएको बताइएको छ। जसमध्ये उम्मेदवारहरूलाई पोस्टर टाँस्न र माइकिङ गर्न पनि कडाइ गरिएको छ।
आचारसंहितामा निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ। त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ।