एजेन्सी । कोरोना भाईरसका कारण मृत्यु हुने दरमा चीनलाई उछिनेको ईटालीमा अहिलेसम्म मृतकको संख्या ९ हजार नाघिसकेको छ । पुरै देश अहिले लकडाउनको अवस्थामा छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कनेलाई ३ हजार युरो जरिवाना गर्ने कडा नियम लागु भएको छ ।
बरगामोका सेक्रेट्री जनरल मोनसिग्नोर गिउलिओ डेलावेइटले पादरीहरुको अभाव भएकाले अन्तिम संस्कारमा समस्या परेको स्विकारेका छन । सात हजार भन्दा बढी कोरोना संक्रमित रहेको बरगामो शहरमा ६७ जना पादरीहरुको कोरोनाकै कारण मृत्यु भैसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन ।
बरगामो प्रान्तको अल्बिनोमा बस्ने एक पादरी ग्युसेप लोकेटेलीले अहिलेको कठिन अवस्थाका बावजुद आफ्नो पद र कर्तब्य नत्याग्ने बताएका छन । लोकेटेलीले यति बेला अर्का पादरी ७२ बर्षीय ग्युसेप बेरारडेलीलाई सम्झिए । ग्युसेपको कोरोनाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टी गर्दा गर्दै मृत्यु भएको थियो ।
बरगामोको कास्निगो क्षेत्रमा बसोबास गर्ने पादरी ग्युसेप कोरोना भाइरस खतरनाक भएको जान्दा जान्दै पनि मृतकहरुको अन्त्येष्टी गर्ने कामलाई जारी राखेका थिए । यहि काम गर्दा गर्दै कोराना संक्रमित भए । संक्रमण पछि पनि उनले आफ्नो काम छाडेनन् । यो क्रममा उनी मृतकहरुको घर पुग्थे । यसका साथै चर्च र चिहानको यात्रा पनि निरन्तर चलिरहेको थियो । यहि क्रममा उनी विरामी परे र हालै मात्र उनको अस्पतालमा मृत्यु भयो ।