तेजबहादुर डुम्रेल
युवा समाजसेवी
२०६९ सालमा सृजना खड्का/डुम्रेलले सामाजिक कामको शिलशिलामा २५ महिलाहरुको उपस्थितिमा सहकारी गठन गरिन,सहकारी सिद्धान्त बमोजिम गाउँमै फुर्सदको समयमा कमाइको केही बचत पनि गर्नु पर्छ भनेर सिकाइन,समस्या परे साहुको घर होइन,सहकारीबाटै ऋण पाइन्छ भन्ने ज्ञान पाएपछि लगनशील महिला बचत तथा ऋण सहकारीमा सायलका महिलाहरु संगठित भए सहकारी स्थापना भयको हो ।
सुरुका दिन मा स्थानीय RDC संस्थाको सहयोगमा सहकारीले बामे सरेको थियो । अहिले सहकारी शिक्षा फैलिएर पुरै सायल गाउँ पालिका बस्ती -बस्तीमा पुगेको छ,स्थानीय सरकार आएपछि सहकारीलाई झन् थप उर्जा मिल्यो ,गैरसरकारी संस्था RVWRMP र सायल गाउँ पालिका मिलेर सायल - ५ देवारमाण्डुमा तरकारी संकलन केन्द्र बनाउन सहकारीलाई सहयोग गर्दैछन् ,यस अघि सायल गाउँ पालिका र RVWRMP को ११ सय चाङ जुठ्यान र ६ सय ७० चुलो स्थानीय सरकारको एवम् rvermp को सहयोगमा बनाउन सफल भएको यस सहकारीले किसानलाई कृषि शिक्षा ,बिउ ,कृषि सामग्री समेत वितरण गर्न थालेको छ,लगनशील महिला सहकारीबाट धेरै सिकेको बताउने निरा डुम्रेल टमाटर बेचेर मात्रै महिनामा ६ हजार कमाउछिन,उनको बारिमा लगभग सिजन अनुसार सबै किसिमका ताजा तरकारी किन्न पाइन्छ,स्थानीय मेल्लेक बजार,मौवा देवारमाण्डुसम्म उनको तरकारी पुग्ने गरेको छ,उनी मात्रै होइनन् ,सयौं महिला यसरी तरकारी बेच्ने ,सहकारीमा जम्मा गर्ने ,घर खर्च चलाउने र आत्मनिर्भर हुने होडबाजिमा छन् ।
अहिले लगनशील महिला बचत तथा ऋण सहकारी परिवर्तनको भएर लगनशील महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा परिणत भएको हो ।केही दिन अघि मात्रै rvwrmp को सहयोगमा ४० वटा पोली हाउस वितरण गरेको थियो ,उत्त गैरसरकारी संस्थाले बासको सट्टामा ४० वटै फलामे ट्रस बनाउन सहकारीलाई सहयोग गर्दैछ,यस कार्यबाट स्थानीय सरकार ,सहकारीमा संलग्न किसान र सहकारी स्वयं खुशी भएको छ,उत्त अभियानमा कृषि ज्ञान केन्द्र डडेलधुराले २० वटा पोली हाउस सहकारी प्रदान गरेको र ती पोली हाउस सबै किसानलाई वितरण गरिएको लगनशील सहकारी कि मेनेजर डोल्मा खड्काले बताइन् ।
सायलका सबै वडामा पुग्न सफल यस सहकारीमा दिन प्रति दिन सदस्य थपिने क्रम जारी छ,हाल बार्षिक १ करोड बढीको कारोबार गर्दै रहेको यस सहकारीमा ८ सय महिला सदस्य छन् ,करिब ३० भन्दा बढी समुह छन् ,ती समुहको काम पनि सहकारीको मुल मर्मलाई साथ दिने स्थानीय बस्ती स्तरका समस्या समाधान गर्ने हो ।
लकडाउन पछि IME स्थापना गरि सहकारी सदस्य एवम् स्थानीय किसान दिदीबहिनीलाई पैसा पठाउन तथा पाउन सहजिकरण गर्ने लक्ष्य समेत लिएको छ,अहिले तिज होस अथवा नारि दिवस सहकारी भएकोले गाउँमै मनाउन थालिएको छ,सहकारी भएपछि घरेलु हिसा कम भएको ,महिलाहरु सम्मानित तवरले हिडडुल गर्ने वातावरण बनेको स्थानीय बुद्धिजीवी बताउँछन् ।सबै तिर यस सहकारीको नाम फैलिएको अवस्थामा सुदुर पश्चिम सरकारले सुविधा सम्पन्न भवन निर्माणका लागि क्रमागत बजेट शिर्षकमा यस आर्थिक बर्षमा १३ लाख बजेट विनियोजन गरि दिएपछि सहकारी झन् हौसिएको छ । अध्यक्ष सृजना खड्काले भनिन् छोटो समयमै धेरै काम गर्न सिकेको यस लगनशील सहकारीले ठूलाठूला परियोजना समेत सफलतापुर्वक सम्पन्न गर्न सक्छौ ।