खप्तडहो सुपकै मुटु सौन्दर्यकि खानि।
बाह्रौ मास सजिए कि प्रकृति की रानि।
सबैकी भाग्यकी रेखा सम्पन्नकी खानि।
शरद औ बसन्त ले सजाए की नानि।1
नौ जील्लाकै बिच खप्तड् सबैको घड्कन।
जो जान्छ खप्तड घूम्न हरी लिन्छ मन।
जटि बुटी खप्तड कै खप्तड कै पानि।
प्रकृति सुन्दर सोच्छ नयन की रानी।2
हजार थरी फूल् फूलेका हजार थरी बुटी।
स्वर्ग को सुरम्य भूमि बिच बाबा कुटी।
हजारौ थरी का रुख बस्या मन् ले जुटी।
हेरि नैना भरि दैन मनै लाने लुटी।3
बुकी दह सुकी दह पाटन ताल कैयौं।
भाल्छेणा खप्तडै बाट झड्डो फीट सयौं।
रातो गुराँश सेतो गुराँश बाग्बुट्टे निङालो।
नहाल्नु मुखमा तिन्का बिषलागे रिङालो।4
ठूल्ठूला पाटन ताल गलैचा फूलले।
बसन्त प्राकृत्य सोभा शरद फूलले।
बल्ले जुणो सोभा थप्दो गद्दा बिछायको।
हाम्रानिम्ति खप्तड्स्वर्ग ल्यायि बिसायको।5
प्रकृति को बर्दानै हो खप्तड् भूमि स्वर्ग।
ठाउँठाउँ मा पानिका मुहान दैबिय भूस्वर्ग।
कैंकैं छन् भैंसिका खर्क पाटन घोणा गाई।
हेरि नैना अघाउँदैन प्रकृति कि माँई ।6
आँखादेख्या मन् ले बुझ्या लेख्न सकिदैन।
लेखेर खप्तड्को बयान गर्न सकिदैन।
नमरि देखीन्न स्वर्ग भन्थे बुणा पाका ।
जिउँदै हेर स्वर्गखप्तड् आफ्नै जिवनताका।7
खप्तड प्रकृति नगिच पुगदा पाय स्वर्ग।
स्वर्ग भन्नु खप्तडै हो काँ खोज्जाछौ स्वर्ग।
जिवनमा एक्चोटी खप्तड् पुगि हाल हेर।
खप्तड् हो घर्ति को स्वर्ग न हेरि न मर।8
उत्तर पुर्ब खापर दह खापर देब माण्डौ।
पुर्ब तर्फ सहश्रलिङ चट्टानमा माणौं।
खप्तड का बिचोबिच त्रिबेणी को घाम।
खपतड्कै नामले रह्यो खप्तड् बाबा नाम।9
दशहरा त्रिबेणी न्वाय बैकुण्ड को बास।
पुरा हुन्छ सद्घर्म को कामना को आश।
खप्तड् हो सुन्दर भूमि बहुमुल्य खानि।
जो जान्छ खप्तड तिर्थ उहि भाग्य मानि।10
उत्तर पुर्ब बाजुरा छ पुर्ब पुरै अछाम।
दक्षिण पुरै डोटिजील्ला उत्तरपश्चिम बझाङ्ग।
बिच मा खप्तड भूमि प्रकृति कै दान।
सुदूरपश्चिम सुन्दर राज्य खप्तड स्वाभीमान।11
यज्ञ राज पाठक( दुपाय) ।
सुदूर पश्चिम प्रदेश डोटी ।