डोटी। जिल्ला सदरमुकाममा रहेको दिपायल सिलगढी नगरपालिकाले नगर प्रहरी संन्चालन गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम सञ्चालन गर्ने भएको हो ।
नगर प्रहरी को पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिने ६ जनालाई आज एक समारोहका बिच तालिम सुरु गरेको हो।स्थानीय सरकारले तालिम सञ्चालन गरेको जिल्लाकै पहिलो रहेको हो । सोही अवसरमा दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेम राज गुरुङ ले नगर प्रहरीको उत्तरदायित्वलाई सही ढंगले बहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै दिपायल सिलगढि नगर पालिका ले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख मन्जु मलासीले कोरोना भाईरसका कारण मानविय गतिविधिलाई प्रभावित गरेको अवस्थामा नगर प्रहरी ले समाजलाइ सान्ति भयरहित मदिरा रहित चोरी डकति लगायतका बिकिर्ति बिसंगति बिरुद्ध नगर प्रहरी ले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो।