धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा थप एक दिन बिदा दिएको छ । संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा हुने भएको हो । उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।
माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन्। धनगढी खबर बाट