डोटी। बगाले थापा राष्ट्रिय प्रतिष्ठान द्वारा पुर्बिचौकी गाउपालिका वडा नं ६ गांजरीका आत्रेय गोत्री बगाले थापाहरुले राष्ट्र निर्माणका अभियान्ता पुर्बज तथा नेपाल एकीकरणका सुदुरपश्चिम कमाण्डर अमर सिंह थापाका बुवा उमराव बाघ भिम सिंह थापा को स्मृतिमा २६२ औं स्मृती दिवस भब्यताका शाथ सम्पन्न भएको छ । पुर्बिचौकी गाउपालिका वडा न ६ का वडा अध्यक्ष बगाले श्री देब ब थापाको आतिथ्यमा माल्यर्पण पुस्प गुच्क्षा सहित मोहनधारण गरि स्मृती दिवस सम्मपन्न भएको जानकारी बगाले थापा कुल सुधार समितिका सदस्य तथा अमरसिंह थापा पर्यटन अभियानका सुदुर पश्चिम संयोजक बगाले श्री सुर्य ब थापाले जानकारी दिनुभयो । अप यो अभियानलाइ सफल बनाउन अमर सिंह पार्क र मालिका मन्दिरमा राज्यको सम्मानजनक दृष्टि राख्नुपर्ने वडा अध्यक्ष श्री देब थापाको भनाइ थियो । उक्त कार्यक्रम सफल पार्न बगाले थापाका समाजसेबी सेर ब थापा, योगेन्द्र थापा, खडक थापा र महेन्द्र थापा लगायतका २०/२५ जना बगाले बन्धुको उपस्थिति रहेको थियो । यसै क्रममा बगाले थापा कुल सुधार समिती पनि गठन भै कुल पुजाको बिषयमा समेत विशेष छलफल भएको थियो ।