कञ्चनपुर । जिल्लामा करेन्ट लागेर एक जनाको ज्यान गएको को छ। जिल्लाको पुनर्वास नगरपालिका ५ मा करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीया दलबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ ।