अत्तरिया । कैलालीको गोदावरी धाम नजिकै जिपको ठक्करबाट घाइते भएका पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका १ भालुखोलाका अन्दाजी ४५ वर्षीया सेकुराम चौधरी रहेका छन् ।
सोमबार बिहान बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग १ज ६८५५ नम्बरको जिपले ठक्कर दिँदा घाइते भएका चौधरीको धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक बाजुराको बडीमालिका नगरपालिका ६ का २६ वर्षीया गणेश बडुवाल र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।