बझाङ । जिल्लामा पुरानो दुस्मनीलाई लिएर सामूहिक झडप भएको छ। प्रहरीका अनुसार जिल्लाको खप्तडछान्ना गाउँपालिकाको ६ पाटादेवलको खड्का परिवारमा बिहीबार सामूहिक झडप भएको छ।
सामूहिक झडपमा एक पक्षका २/२ जना घाइते भएका छन्। घाइते हुनेमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दीपक खड्का रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीले पुराना दुस्मनी भनेपनि स्थानीयले भने आसन्न निर्वाचनलाई लिएर झडप भएको दाबी गरेका छन्।
घाइतेहरुको जिल्लामा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको छ।