डडेल्धुरा । जिल्लामा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। बिहीबार राति जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ५ को दाडिममा से १ ज २३४ नम्बरको जिप दुर्घटना भएको थियो।
दुर्घटनामा चालकसहित तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा चालक चक्र बिष्ट, किशोर बिष्ट र दिपक बिष्ट रहेका छन्।
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ ।