बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–६ स्थित खडायत गाउँकी ३२ वर्षीया लिला खडायतको लडेर मृत्यु भएको हो ।
शनिबार दिउँसो खर काट्ने क्रममा उनको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ । मृतक खडायतका दुई छोरी र एक छोरा रहेका छन् ।