डोटी । राष्ट्रिय महत्व र प्रदेश गौरवका आयोजनाहरु निरीक्षणको क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेल र सुदुरपश्चिम प्रदेश सरकार का भौतिक पुर्वाधार विकास मन्त्री पठान सिं बोहरा सुदुरपश्चिमका कञ्चनपुर,डडेल्धुरा डोटी र अछाम जिल्लाहरुको भ्रमण गरिरहेका छन् ।

सुदुरपश्चिम प्रदेश भ्रमणमा रहेका उपाध्यक्ष डा.कडेल प्रदेशको भौतिक,समाजिक अवस्था र राष्ट्रिय महत्वका आयोजनाहरुको निरीक्षण गर्न सुदुरपश्चिम भ्रमणमा छन् । उपाध्यक्ष डा.कडेलले आफ्नो सुदुरपश्चिम भ्रमण बारे शनिबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ जानकारी गराएका थिए । उपाध्यक्ष डा.कडेल संग सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिं बोहरा र आयोगका सदस्य सुशिल भट्ट समेत भ्रमण टोलीमा रहेका छन् । भ्रमण टोलीले सुदुरपश्चिममा रहेका राष्ट्रिय महत्वका आयोजनाहरु र प्रदेश गौरवका आयोजनाहरु निरीक्षण गरिरहेको छ । टोलीले सुदुरपश्चिममा रहेको राष्ट्रिय महत्वका आयोजनाहरु महाकाली सिचाई,पश्चिम सेती,हुलाकी राजमार्ग कैलाली कञ्चनपुर,महाकाली करिडोर,निर्माणाधिन बेलौरि - कलुवापुर सडक खण्ड, बेलौरि छोटी भन्सार ,मदन भण्डारी लोक मार्ग,रंगुन पुल,डोटीको बानेडुग्रीसैनमा निर्माण भईरहेको मोटरेवल पुल,सिलगढी झिग्राना सडक र अछाममा निर्माण भईरहेको मध्य पहाडी लोक मार्ग र सेती लोकमार्ग निरीक्षण गर्ने कार्यक्रम छ ।

कञ्चनपुर : गत शनिवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कडेल र सुदुरपश्चिम प्रदेशका भौतिक मन्त्री पठान सिं बोहरा सहितको टोलीले कञ्चनपुरमा निर्माण भईरहेको महाकाली सिचाई आयोजनाको तेस्रो फेज को स्थलगत भ्रमण गरेको छ । सोही क्रममा महाकाली पुलको पनि निरीक्षण गरेका छन् । सोही दिन कैलाली र कञ्चनपुर जिल्लामा पर्ने हुलाकी राजमार्ग को प्रगति पनि उपाध्यक्ष कडेल र भौतिक मन्त्री बोहराले लिएका थए । निरीक्षणका क्रममा योजना कार्यान्वयन को बारेमा बुझेका थिए । निर्माणाधिन बेलौरि - कलुवापुर सडक खण्ड, बेलौरि छोटी भन्सार लगायत को निरिक्षण पनि भएको छ ।

डडेल्धुरा : आइतबार उपाध्यक्ष डा. कडेर र भौतिक मन्त्री बोहराले नेपाल सरकारले निर्माण प्रकृया थालेको राष्ट्रिय महत्वको आयोजना मदन भण्डारी लोक मार्गको भौगोलिक,पर्यावरणीय अवस्थाको बारेमा पनि जानकारी दिएका थिए । साथै जोगबुढामा निर्माण भइरहको रंगुल पुलको भौतिक प्रगतिको जानकारी लिए । आईतबार नै उपाध्यक्ष डा. कडेर र भौतिक मन्त्री बोहराले आलिताल गाउपालीकामा रहेको आलिताल तालको अवलोकान भ्रमण समेत गरे ।

डोटी : सोमवार डोटीको जिल्ला सदुरमुकाम सिलगढीमा जनप्रतिनिधि,राजनितिक दल र विभिन्न क्षेत्रका सरोकारवालाहरु संग डोटी जिल्लाको विकासको अवस्था बारे छलफल गरेका छन् । छलफलका क्रममा सहभागीहरुले डोटी बाट राजधानी खोसिएको प्रति आफ्नो पिडा पोखेका छन् । दिपायल सिलगढी नगरपालीका पुर्व मेयर पुर्णराज जोशीले भने “ राजधानी त खोसीयो अब विकास नखोसियोस् ।” पुर्व मेयर जोशीले जिल्लाको विकासका लागि खुटिया दिपायल फाष्ट ट्रयाक,सिलगढी झिग्राना बेटार बझाङ्गको छान्ना सम्मको १३३ कि.मी सडक संघिय र प्रदेश सरकारले यथासिघ्र निर्माण गर्न सरकारलाई अनुरोध गरे ।
नेकपाका प्रदेश सदस्य नारद मलासीले आफ्नो सरकारले पहाडबाट भइरहेको अत्याधिक बसाईसराई लाई रोक्न पहाडी जिल्लाको विकासमा विशेष ध्यान दिनु पर्ने बताए । उनले भने “अहिले भइरहेको अनियन्त्रति बसाई सराई रोक्न सकिएन भने पहाड उजाड बन्छ ।”

नगर प्रमुख : मन्जु मलासी
दिपायल सिलगढी नगर प्रमुख मन्जु मलासीले डोटी जिल्लालाई शैक्षिक हव का रुपमा अघाडी बढाउन जिल्लामा मेडिकल कलेज बनाउनु पर्ने मा जोड दिइन् । पहाडी जिल्लाहरुको बसाईसराई रोकथाम र यहाको विकास का लागि संघिय सरकारले डोटीलाई शैक्षिक हबको रुपमा अघि बढाउनु पर्ने बताईन । साथै प्रमुख मलासीले पश्चिम सेती परियोजना संघिय वा प्रदेश सरकारले बनाउन तत्काल निर्णय गर्नु पर्ने बताइन । उनले भनिन् “संघिय र प्रदेशको दुई तिहाइ सरकारलाई के ले रोक्यो पश्चिम सेती परियोजना निर्माण गर्न यही सरकारले पश्चिम सेती सुरु गर्नु पर्छ । ” पश्चिम सेती परियोजना निर्माण पहिले कुन सरकारले गर्ने संघिय या प्रदेश टुङगो लगाउ अनि जनताको सहभागीतामा आयोजना अघाडी बढाउ नगर प्रमुख मलासीले भनिन् ।

सिलगढी झिग्राना सडक निरीक्षण :
योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेल, सुदुरपश्चिम प्रदेश सरकार का भौतिक पुर्वाधार विकास मन्त्री पठान सिं बोहरा र आयोगका सदस्य सुशिल भट्टले प्रदेश सरकारको गौरवको योजना सिलगढी झिग्राना सडक को निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उपाध्क्ष कडेल र भौतिक मन्त्री बोहराले बगलेक पुगेर सडक र खप्तडको भौतिक अवस्था अध्ययान अवलोकन गरेका छन् ।
नेपाल सरकारले घोषण गरेको देश भरका १०० पर्यटकीय गन्तव्य मध्य खप्तड पनि पर्छ । भुःस्वर्गको रुपमा चिनिने खप्तडको भ्रमण सहज गर्न प्रदेश सरकारले यस आर्थिक बर्ष देखी सुरु गरेर ३ बर्ष भित्र सम्पन्न हुने गरी सिलगढी झिग्राना सडक कालोपत्रे १५ कि.मी. निर्माण कार्य असोज बाट सुरु हुदैछ ।

भौतिक पुर्वाधार विकास मन्त्री : पठान सिं बोहरा
सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिं बोहराले प्रदेश सरकारले प्रदेश भित्र आफ्नै गौरवका आयोजनाहरु सञ्चालन गरिरहेको बताए । मन्त्री बोहराले प्रदेशको गौरवका आयोजनाहरु मध्ये खप्तड नभए पनि प्रदेश सरकारको प्राथमीकता को सडक बताए । भौतिक पुर्वाधार विकास मन्त्रालयले प्रदेश भित्र अन्तर जिल्ला का सडकहरु,पुलहरु निर्माण गरिरहको समेत मन्त्री बोहराले बताए । मन्त्री बोहराले प्रदेशले ९ ओटा प्रदेश गौरवका सडकहरु घोषणा गरिसकेको समेत बताएका छन । मन्त्री बोहराले भने “एक जिल्ला एक गौरवको सडक घोषणा गरेका छौ । ”

योजना आयोगका उपाध्क्ष : डा.पुष्पराज कडेल
योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले आयोगले कर्णाली,सुदुरपश्चिम र २ नम्बर प्रदेशलाई पुर्वाधार निर्माण मा पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उपाध्यक्ष कडेलले आयोग पहिलेको जस्तो योजना बाढ्न नपाउने तर योजनाहरु ठिक या गलत छन् भनेर छुट्याउने पाऊने बताए । डा. कडेलले संघीय सरकार सुदुरपश्चिमको विकास र समृद्धि का लागि पछी नहटेको जिकीर गरे । डा. कडेलले आफु आयोगमा आएको १६ महिना भईसक्दा पनि देश भरी सञ्चालन भईरहेका हजारौ आयोजनाहरुको तथ्याङ्क कुनै पनि नभएको बताए । उनले भने “म १६ महिना भई सक्दा त यस्तो छ विचरा ९ महिनामा फेरिने उपाध्यक्षहरुले झन के थाहा पाए होलान ।” उपाध्यक्ष कडेलले आयोगले समग्र देशको विकास र समृद्धिका लागि सरकारलाई आफुले गरेको स्थलगत भ्रमणको रिपोटिङ्गले ठुलो सहयोग पुग्ने बताए । डा.कडेलले आयोगले देश भरी सरकारले संञ्चालन मा ल्याएका आयोजनाहरु र अब संचालनमा ल्याइने योजनाहरु को तथ्याङ्क प्रष्ट राख्न आयोग लागि परेको बताए ।

अछाम : मंलरबार भ्रमण टोलीले अछाममा निर्माण भईरहेको मध्य पहाडी लोक मार्गको निरीक्षण गर्ने छ । निरीक्षणका क्रममा मध्य पहाडी लोक मार्ग र सेती लोक मार्ग निर्माणको अवस्था र प्रगती बारे बुझ्ने कार्यक्रम रहेको भौतिक पुर्वाधार विकास मन्त्रीका प्रमुख स्वकीय सचिव केशवराज अवस्थीले जानकारी दिएका छन् ।