डोटी । पुर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाँउ र वडा नम्बर ५ काँडामाडु भूकम्प पीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्पमा परि ज्यान गुमाएका र घर भत्केका परिवारलाई प्रवासी नेपाली अस्ट्रेलियामा बस्ने सुरेश बोगटी लगायत अन्य साथीहरू ले गैरागाँउ प्रति मृतक र घाइते आठ जना लाई ५ हजारका दरले सहयोग गरेको हो र काँडामाडु भूकम्प पीडितलाई आर्थिक सहयोग प्रति घर २ हजारका दरले ३० जना लाई सहयोग गरेको हो ।
भूकम्प प्रभावितका लागि वडा नम्बर ३ काँडामाडु वडा अध्यक्ष खड्क साउद गैरागाउँ वडा सदस्य भिम बहादुर खड्का द्वारा हस्तान्तरण गरेको राम बहादुर बोहराले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष काँडामाडु,वडा सदस्य गैरागाउँ लगायतको उपस्थिति रहेको थियो ।अस्ट्रेलियामा विभिन्न ठाउँमा पढ्दै र काम गर्ने नेपालीहरूबाट थोरै थोरै गरेर भूकम्प प्रभावित तथा पीडितका लागि नेपाली रु एक लाख सङ्कलन गरेर पठाएको अस्ट्रेलिया बस्ने सुरेश बोगटीले जानकारी दिनुभयो ।