डोटी । भु स्वर्गको रुपमा परिचित खप्तड जोड्ने पर्यटकीय सडक डोटीको सिलगढीबाट सबै भन्दा छोटो दुरीमा पर्दछ । खप्तड जोड्ने सिलगढी झिग्राना सडकको निर्माण कार्य तिव्र गतिम अघाडी बढाईरहको छ ।
सुदूरपश्चिम सरकारले सिलगढी ओखरबोट ओसाईल बगलेक झिग्राना सडकको निर्माण तिब्र गतिमा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड जोड्ने सिलगढी झिग्राना सडकमा १५.६ किलोमिट कालापेत्र गर्न ४० करोड ठेक्का संझौता गरेर सडकको निर्माण कार्य अघाडी बढी रहेको पुर्बाधार बिकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए ।
सिलगढी– झिग्राना सडक चन्द्र एण्ड बसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्ररपिएस जेभी ले काम गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको खप्तड जाने सडक कालोपत्रे हुने भएपछी स्थानीयमा खुसी छाएको छ ।
.jpg)




