बहराइनमा थप २७ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएको छ।
योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
