नयाँ दिल्ली । भारतीय व्यवसायी मुकेश अम्बानी फेरि एसियाकै सबभन्दा धनी भएका छन्। अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै अम्बानी एसियाका सबभन्दा धनी बनेका हुन्। फेसबुकले रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलरमा किनेपछि सम्पत्ति बढेर अम्बानी एसियाका सबभन्दा धनी भएका हुन्। ब्लुमवर्गको अर्बपति सूचकांकअनुसार अम्बानीको सम्पत्ति ४ अर्ब ७० करोड डलर बढेर ४९ अर्ब २० करोड डलर पुगेको छ। योसँगै अम्बानी ज्याकमा भन्दा ३ अर्ब २० करोड डलरले अघि पुगेका छन्। फेसबुकसँग डिलले अम्बानीको सम्पत्ति थपियो भने ज्याकमाकले कोभिड १९ सँग भिड्न गरिरहेको कल्याणकारी काममा १ अर्ब डलर खर्चिएका छन्। ज्याकमाले अहिलेसम्म १ अर्ब डलर कोभिड रिलिफ अभियानमा खर्च गरेको ब्लुमवर्गले उल्लेख गरेको छ।