सन् २०१९ मा भएको चुनावमा काँग्रेसले चुनावमा कमजोर भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि सोनियाँ गान्धीले सो पद सम्हालेकी थिइन् । भारत स्वतन्त्र (सन् १९४७) भएदेखि १८ पटक पार्टीको अध्यक्ष परिवर्तन भएको छ । त्यसमा पाँचजना अध्यक्ष गान्धी परिवारबाट नै बनेका छन् । भारत स्वतन्त्र भएपछि जेवी कृपलानी, पी सीतारमैया, पुरुषोत्तम दास टण्डन, युएन धेवार, नीलम, संजिव रेडी, के काम राज, एस निजलिंगप्पा, जगजीवन राम, शंकर दयाल शर्मा, देवकान्त बरुआ, के ब्रह्मानन्द रेडी, पीवी नरसिंहमा राव र सीताराम केसरी अध्यक्ष भएका थिए, जुन गान्धी परिवारभन्दा बाहिरका हुन् ।
त्यसपछि काँग्रेसमा गान्धी परिवारको युग शुरु भयो । जवाहरलाल नेहरु, त्यसपछि उनकी छोरी इन्दिरा गान्धी, छोरा राजिव गान्धी, राजिवकी पत्नी सोनिया गान्धी, सोनियाका छोरा राहुल गान्धी र त्यसपछि पुनः सोनिया गान्धी नै अध्यक्ष भइन् । भारतीय काँग्रेसको इतिहासमा सबभन्दा लामो समय १९ वर्षसम्म सोनिया नै अध्यक्ष पदमा रहेकी छिन् ।