ब्रिसवन । अष्ट्रेलिया देशको क्विन्सल्याण्ड राज्यमा पर्ने अष्ट्रेलियाकै तेस्रो ठुलो सहर मानिने ब्रिसवनमा “सुदुरपश्चिमेली नेपाली समाज” क्विन्सल्याण्डको तदर्थ समिति गठन भएको छ ।
नेपालीहरुको महानपर्व विजयादशमीको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै ब्रिसवनको कंगारो प्वाईटमा भेला भएका सुदुरपश्चिमेली युवाहरुले अध्यक्ष सरोज सिंह ठकुरी र महासचिव सुरेश बोगटी रहने गरि २० सदस्यीय तदर्थ समिति गठन गरेको छ । महासचिव सुरेश बोगटीका अनुसार उक्त समिति सुदूरपश्चिमेलि नेपाली समाज अन्तराष्ट्रिय समिति संग सहकार्य गदै सुदूरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने विश्वास लिएको छ ।

समितिले क्विन्सल्याण्ड राज्यभर छरिएका रहेका सुदुरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ ।
सोमबार गठनभएको यस समितिले गैरराजनैतिक रुपमा मुख्यत नेपालबाट यस राज्यमा आउन लागेका नयाँ नेपाली विद्यार्थीहरुलाई सुरुवाती दिनमा पर्ने अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने, विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने, भैपरिआउने समस्याहरुमा सहयोग गर्ने, सुदुरपश्चिमको विकासमा आवश्यक सहयोग गर्ने र साथै यस समितिले सुदूरपश्चिममा रहेका गरिव,निमुखा,असायहरुको सेवा गर्ने र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरि सुदुरपश्चिमेली भाषा, कलासंस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उदेश्य लिएको महासचिव बोगटी जानकारी दिए ।
सोमबार राज्यका विभिन्न ठाँउबाट भेला हुन आएका युवाहरुले नेपालीहरुको महानपर्व विजयादशमीको अवसरमा शुभकामना साटासाट गर्दै भरपुर मनोरञ्जन गरेका थिए । विश्वका विभिन्न मुलुकमा गठन भएर निकै उदाहरणीय कार्यहरु गर्दै आईरहेको यस संस्था क्विन्सल्याण्ड ब्रिसवनमा समेत गठन हुँदा प्रभासी सुदुरपश्चिमेली निकै उत्साहित बनेका छन ।
समितिको अध्यक्षमा सरोज सिंह ठकुरी रहेसंगै वरिष्ठउपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचीवमा सुरेश बोगटी, सचीवमा हेमन्त न्यौपाने, सहसचिवमा वरुण सिंह ठकुरी, कोषाध्यक्षमा वलेन्द्र सदस्यहरुमा नवीन भट्ट, तेज ओझा, मुकुन्द पन्त, प्रकाश मिश्र, सरोज भट्ट, सागर गैरे, केसी सुदेश चौधरी, आशिक खड्का, भरत थापा, विकास साही, सन्तोष रावल रहेका छन् । साथै समितिको सल्लाहकारमा स्वतन्त्र प्रताप शाह, गोविन्द भट्टराई, र चित्रराज भट्ट ररहेका छन् ।