काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि 'युवा संयोजक' पदमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । युवा ब्यबसायी शाहको अष्ट्रेलियामा कन्सल्टेन्सी, होटेल/रेष्टुरेन्ट, रियाल स्टेट, ट्राभल एण्ड टुर्स लगायतको क्षेत्रमा जमी रहेका छन् । काठमाडौँमा यहि अक्टुबरमा एनआरएनएको महाधिबेशन हुदैछ ।
गैर आवाशीय नेपाली संघको स्थापनाकाल देखिनै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तह र तप्का रही आएका युवा तथा जुझारु युवा ब्यबसायी शाहले आफ्नो उम्मेद्वारी घोषणा गर्नुपुर्व आफ्ना भाबी योजनाहरु पनि राखेका छन् ।
शाहले नेपाल सरकारले घोषणा गरेको 'भ्रमण वर्ष २०२०' लाई सफल पार्न आफु निर्वाचित भएपछि दत्तचित्त का साथ लाग्ने प्रतिबद्धता गरेका छन् । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने भनि यसअघि नै घोषणा गरिसकेको छ । आफु निर्वाचित भएको आवस्था मा नेपाल को प्राकृतिक र सांस्कृतिक धरोहरहरुको बारेमा विदेशमा अभियान नै चलाएर सरकारलाई सहयोग गर्ने समेत 'युवा संयोजक' पदका उमेद्वर शाहले बताएका छन् ।
'युवा संयोजक' पदका उमेद्वर शाहले एनआरएनए र नेपालमा रहेका युवाहरुलाई एउटै छानामुनि ल्याएर 'युवा उद्धमशिलता'को विकाश गरि' सम्वृद्ध नेपाल'को लागि टेवा दिने खालको कार्यक्रम समेत ल्याउने घोषणा समेत गरेका छन् । उनले भनेका छन् - 'नेपाल बाहिर र नेपालमा रहेर कर्मशील युबाहरुलाई एकत्रित गर्दै देशमा लगानी र शिप भित्राउनु मेरो उदेश्य हुनेछ ।'
उम्मेदवारी घोषणासंगै शाहले 'एनआरएनए स्पोर्ट्स एकेडेमी'को स्थापना गर्न र 'एनआरएनए प्रेसिडेन्ट कप'को आयोजना गर्न शाहले अग्रसर हुने र 'युवाका लागि खेलकुद' पहिलो प्राथमिकता राख्ने समेत घोषणा गरे ।'
नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपाली माँझ राम्रै पहिचान बनाएका शाहले एनआरएनएका विविध मुद्दालाई स्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत दावी गरेका छन् । यसका लागि उनले एनआरएनएसंग आवद्ध सबैको साथ र सहयोगको लागि अपिल गरेका छन् । शाहले गैर आवासीय नेपालीहरुले आफ्नो अमुल्य मत दिएर आफूलाई 'युवा संयोजक' मा बिजय गराउन आग्रह गरेकाछन ।